Pages

Thursday, 13 December 2012

हत्यामा संलग्नको आरोपमा २ जना पक्राउ


बारा, मंसिर २८ – हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बाराबाट बुधबार राती दुई जनालाई पक्रेको छ ।
बाराको कचोर्वा १ का कपीलदेव यादवका छोरा दिलीप यादवको हत्यामा संलग्न रहेको आरोपमा जादोलाल यादव र उनका छोरा राजेश यादवलाई प्रहरीले पक्रेको हो ।
गएको मंसिर १८ गते घरबाट हराएका दिलीप यादव बुधबार बाराको टाँगीयावस्तीमा मृत अवस्थामा फेला पर्नुभएको थियो । यादवको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले  उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका बाबुछोरालाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।