Pages

Saturday, 14 March 2015

कम्प्युटरमा ८ सर्टकट किबोर्ड

कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ । तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।


१. ओपन र क्लोज ट्याव

तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विन्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विन्डो बन्द हुने छ । कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ ।

२. फण्ट साइज घटाउन–बढाउन

तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [

३. विण्डो परिवर्तन

कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ । विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ ।

४. एकै स्क्रिनमा दुईवटा विण्डो

तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् । यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।

५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न

तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ । तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ ।

६. शब्द गन्ने र अक्षर बदल्ने

कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ । यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र Alt + F4 थिच्नुस् ।

७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने

यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् ।

८.टेक्स्ट सेलेक्ट

वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ । जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ 

Thursday, 5 February 2015

के कम्प्युटरले आँखा बिगार्छ ?

कम्प्युटर भिजन सिन्ड्रोमका सामान्य लक्षण :१.   आँखा दुख्ने
२.   टाउको दुख्ने
३.   धमिलो देखिने
४.   आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५.   आँखा चिलाउने
६.   घाँटी र कुम दुख्ने
यी लक्षण निम्न कारणले गर्दा अझ बढ्न सक्छन् :१.  कम्प्युटर, मोबाइल चलाउने कोठामा प्रकाश नमिलेमा
२. कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
३. स्क्रीन हेर्ने दूरी नमिलेमा
४. बसाईको अवस्था नमिलेमा
५. आँखामा दृष्टि दोष भएमा
कम्प्युटर भिजन सिन्ड्रोमको मात्रा प्रत्येक बिरामीमा फरक–फरक हुन सक्छ। यसको मात्रा बिरामीले स्क्रीनमा हेर्ने समय र उसको आँखाले काम गर्न सक्ने खुबीमा भर पर्छ। दृष्टि  दोषका लागि चस्मा लगाउनुपर्ने आँखामा  चस्मा नलगाउँदा, ४० बर्षको उमेर आसपासमा आँखाको मांशपेशीमा खिचावको समस्याले गर्दा नजिक हेर्न, पढ्न नसक्ने हुँदा पनि आँखामा प्राविधिक आँखा दुख्ने समस्या हुन सक्छ।
धेरैजसो अवस्थामा यस्ता समस्या अस्थायी हुन्छन् र कम्प्युटर वा मोबाइलको काम गर्न छाडेपछि आफैँ हराउँछन् । तर कसैको आँखामा चस्मा र अरु समस्या छन् भने कम्प्युटर हेर्न छोड्दा पनि यो समस्या रहिरहन सक्छ।  यदि यो समस्याको समाधान समयमै गरिएन भने यसले अरु बिकराल रुप लिंदै जान्छ  र भविष्यमा कम्प्युटर, मोबाइल चलाउनै नसक्ने पनि हुन सकिन्छ।
यो समस्याको समाधानका लागि कम्प्युटरको स्क्रीनमा प्रकाश कन्ट्रोल गर्ने, हेर्ने दुरी मिलाउने, एसी कुलर पंखा सिधा आँखामा नपार्ने, कोठाको लाइट सिधा कम्प्युटर वा आँखा मा नपार्ने र सानोभन्दा सानो दृष्टि दोष देखिएमा पनि डाक्टरको सल्लाहअनुसार चस्मा लगाउने गर्नुपर्छ ।
यो समस्या छ भनेर कसरी  पत्ता लगाउने ?दुइ घण्टाभन्दा बढी कम्प्युटर वा मोबाइल चलाउने व्यक्तिलार्इ यो समस्या बढी हुन्छ र यो समस्या छ कि छैन भनेर पत्ता  लगाउन आँखाको डाक्टरलाई नै भेटेर केही बिशेष जाँच गर्नुपर्ने हुन्छ। जसमा आँखाको दृष्टि क्षमता, दृष्टि दोष, आँखाले कुनै पनि चीज हेर्दा, पढ्दा मांशपेशीको  खिचाब, तनाब बहन गर्न सक्ने क्षमता, दुवै आँखाले बराबर काम गर्न सक्ने खुबी आदिको जाँच गरिनुको साथै बिरामीको शारीरिक समस्या, औषधिको प्रयोग र बिरामीले काम गर्ने वातावरणको पनि विस्तृत छलफल गर्नुपर्ने हुन्छ।
कम्प्युटर भिजन सिन्ड्रोम को समाधानकम्प्युटर भिजन सिन्ड्रोम समस्याको समाधान प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्था, आँखाको समस्या, काम गर्ने वातावरण र उसको दृष्टि क्षमताअनुसार फरक–फरक हुन सक्छन् । तर यहाँ केही यस्ता बिषयका बारेमा छलफल गरिएको छ जसका कारण यो समस्या कम गर्न वा निराकरण गर्न धेरै नै मद्द्त मिल्दछ।
१. आँखा स्वास्थ्य :  कुनै–कुनै अवस्थामा सधैंका लागि चस्मा लगाउन नपर्ने व्यक्तिले पनि कम्प्युटर चलाउँदा बिशेष चस्मा लगाउनुपर्ने हुन सक्छ भने सँधैं चस्माको पावर लगाउने व्यक्तिले उसको चस्माको पावर कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने पनि हुन्छ। साधारण अवस्थाका लागि कन्ट्याक्ट लेन्स र चस्मा दिएको छ भने त्यही चीज कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने हुन्छ, जसमा लेन्सको डिजाइन, लेन्सको पावर परिवर्तन गरि रङ र कोटिंग हालेर आँखालाई आराम र सजिलो बनाउन सकिन्छ।
कुनै–कुनै अवस्थामा चस्मा र कन्ट्याक्ट लेन्सले पनि राम्रो काम नगरेमा आँखाको कोअर्डिनेसन मिलाउने  भिज्युअल ट्रेनिङको पनि जरुरत पर्छ। यस्ता ट्रेनिंग डाक्टरको सल्लाह र निगरानीमा आँखा क्लिनिक, आफनै घर वा अफिसमा पनि गर्न सकिन्छ।
२. कम्प्युटरको दुरी र अवस्था  : कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ।  धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन। जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ।
कम्प्युटरमा धेरै  टाईप  गर्नुपर्ने व्यक्तिले आफूले टाइप  गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।
३. प्रकाश : कम्प्युटरको सेटिङ गर्दा झ्याल वा चिमको प्रकाश स्क्रीनबाट परावर्तन भै आँखामा नपर्ने किसिमले सेटिंग गर्नुपर्ने हुन्छ। यदि त्यो सम्भव नभएमा झ्यालमा पर्दा र चिम थोरै वाटको राख्नुपर्छ।  यदि प्रकाशको परावर्तन अझै पनि राम्रोसंग रोक्न सकिएन भने कम्प्युटरको स्क्रीनमा  एन्टी–ग्लेयर फिल्टर पनि प्रयोग गर्न सकिन्छ।cv (1)४. बसाईको अवस्था : शरीरलाई पूरा आरामदायी बनाउने किसिमको कुर्चीको प्रयोग गरि त्यसको उचाई आफनो खुट्टाले भुर्इंलाईं पूरा छुनेगरि राख्नुपर्छ। यदि कुर्चीमा हात अडाउने  चेयरआर्म छ भने त्यो हाम्रो हातलाई आराम दिने किसिमले सेटिंग गरि किबोर्डमा टाइप गर्दा हाम्रो हत्केलाले किबोर्डलाई नछुनी किसिमले सेट गर्नु पर्छ।
५. आँखालाई आराम : आँखाको दुखाई  कम गर्न हामीले बेला– बेलामा आँखालाइ आराम दिनु पर्छ।  यदि हामीले २ घण्टासम्म लगातार कम्प्युटर, मोबाइलमा काम गर्छौं भने १५ मिनेट आँखालाइ आराम दिनुपर्छ।  साथै २०/२०/२०/२० नियम पनि पालन गर्नुपर्छ।  जसमा कम्प्युटर हेरेको प्रत्येक २० मिनेटमा २० सेकेन्ड आँखा बन्द गर्ने, अनि २० फीट पर हेर्ने, अनि २० पाइला हिँड्ने। यसो गर्दा के हुन्छ भने – २० सेकेन्ड आँखा बन्द गर्दा हाम्रो आँखाले उत्पादन गरेको आँशुले आँखालाई पूरा भिजाउन पाउँछ  र हाम्रो आँखा सुक्खा हुन पाउन्न , २० फीट पर हेर्दा हाम्रो आँखाको मांशपेशीले आराम पाउँछ र २० पाइला हिँडदा घाँटी र ढाडको समस्या कम हुन्छ।
६. आँखा झिमझिम गर्ने :  साधारण मानिसले एक मिनेटमा २२–२५ पटकसम्म आँखा झिमझिम गर्छ तर लामो समय कम्प्युटर चलाउँदा हाम्रो आँखा झिमझिम गर्ने दर  १०–१२ पटकमा झर्छ। त्यसो हुँदा हाम्रो आँखा सुक्खा भै पोल्ने बिझाउने समस्या आउछ, त्यसैले लामो समय कम्प्युटर चलाउँदा बेला–बेलामा सम्झिएर आँखा झिमझिम गर्नुपर्छ। यदि त्यसो गर्दा पनि आँखा पोल्न बिझाउन छाडेन भने सुक्खा आँखाको जाँच गर्नुपर्ने हुनसक्छ  । आँखाको आँसु नै सुकेको हुनसक्छ । यसका लागि डाक्टरको सल्लाहअनुसार आँसु बढाउने  औषधि प्रयोग गर्न सकिन्छ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।