दाँतलाई आकर्षक र चम्किलो बनाउनुहोस ।
सेतो चम्किलो
दाँतको रहर कसलाई पो नहोला र ! यदि हजुरहरु पनि आफ्नो दाँतलाई आकर्षक र
चम्किलो बनाउन चाहानुहुन्छ भने तलका केही उपायहरु प्रयोग गरी हेर्नुहोला ।
१. नुनमा केही थोपा कागतीको रस
मिलाई टुथपेस्तझै गराई दिनहु ब्रस गरेमा केही समयमा नै दाँतलाई आकर्षक र चम्किलो
बनाउन सकिन्छ ।
२. अल्कोहल, चिसो पेय पर्दाथ, चिया तथा कफिको धेरै प्रयोगले पनि दाँतलाई असर पार्ने हुदाँ यस्ता
पर्दाथको कम प्रयोग गर्ने र धेरै चिसो पानी तथा पेय पर्दाथ सिधैँ गिलासबाट नपिइ स्ट्रको (straw)
प्रयोग गरी पिउने गरेमा धेरै फाइदा गर्दछ ।
३. स्याउ, काउली, गाजर
जस्ता तरकारीको नियमित प्रयोग गर्ने तथा बेकिङ्ग सोडा वा हाइड्रोजन
पेरोक्साइडको झोलमा ब्रश डुबाएर ब्रश गर्ने गरेमा पनि दाँतलाई धेरै फाइदा गर्दछ
।
४. स्टोबेरीमा एक विशेष किसिमको इन्जाइम पाइन्छ
जसले दाँतलाई आकर्षक र चम्किलो बनाउन सहयोग गर्दछ । तसर्थ यदि हजुरहरुको बसोबार
क्षेत्रमा स्टोबेरी पाइन्छ भने दैनिक रुपमा एउछा स्टोबेरीले दाँतलाई बेस्सरी रगडेर सफा गर्ने
र कुल्ला
गर्ने गरेमा पनि दाँतलाई आकर्षक र चम्किलो बनाउन सकिन्छ ।
५. खाना खाईसकेपछि नियमितरुपमा ब्रश
गर्ने तथा नास्ता खाइसकेपछि मिलेसम्म कुल्ला गर्ने वा चुइगमको प्रयोग गर्ने गरेमा दाँतलाई
धेरै फाइदा गर्दछ ।
Source: योगगुरु स्वामी रामदेवले तथा
अन्य विभिन्न सम्बन्धित चिकित्सकहरुले विभिन्न कार्यक्रम तथा प्रवचनको क्रममा
दिनुभएको सुझावहरु ।
Warning: माथिका उपायको प्रयोग गर्दा
स्वविवेकको प्रयोग गर्नुहोला भवितव्य परिमाणको उत्तरदायि यहाँहरु स्वयम हुनुहुनेछ
।
No comments:
Post a Comment