Wednesday, 19 December 2012

Internet ब्राउजर सम्बन्धी केही उपयोगी टिप्सहरु

ईन्टरनेटमा केही कुरा ब्राउज गर्दा समयको बचत गर्न सकिए धेरै राम्रो कुरा हो , आजकालको ब्राउजरहरुमा यस्तो केही सर्टकटको सुबिधा उपलब्ध छ जसको प्रयोग गरेर तपाईंले चाडै वेब पेज खोल्न र समयको बचत गर्न सक्नु हुन्छ । यहाँ यस्तै केही टिप्सहरु दिने प्रयास गरिएको छ जुन तपाईंलाई काम लाग्न सक्छ ।
१ वेब पेजमा आफुले चाहेको शब्द कसरी खोज्ने ?

यहाँ सर्च ईन्जिनको बारेमा कुरा गर्न खोजेको होइन , जब तपाईं कुनै वेब पेज भित्र हुनु हुन्छ तपाईंले Edit मेनु मा गएर find on this page गरेर वा Ctrl+F थिचेर उक्त वेब पेजमा आफुलाई चाहिएको शब्द टाईप गरेर खोज्न सक्नु हुन्छ । तपाईंले Ctrl+F थिचेर त्यहा शब्द टाईप गरेर Enter थिचे पछि उक्त शब्द र पछि Enter Enter थिच्दै जादा त्यो शब्द सँग मिल्ने अरु पनि highlight हुँदै जान्छन । वास्तवमा यो एउटा सजिलो उपाए हो ।

२ वेब पेजको लिन्कहरुलाई खोल्दा open in new window मा खोल्ने गर्नुस्
हामी सबैलाई यो थाहा छ कि बेब पेजमा भएको लिन्कमा क्लिक गर्दा उक्त लिन्क सँग सम्बन्धित नयाँ पेजमा लैजान्छ । यहाँ समस्या यो हुन सक्छ कि तपाईंले खोल्नु भएको मुल पेजको लिन्कहरुमा क्लिक गर्दै जादा मुल पेज हराउन सक्छ । हुन त ब्राउजरको History मा गएर त्यो पेजलाई फेरी फर्काउन त सकिन्छ तर तपाईंको समय यसले धेरै लिन्छ । त्यसैले मुल पेज पछि त्यसमा भएको अर्को पेजको लिन्क खोल्नु पर्दा उक्त लिन्क मा माउसको Right क्लिक गरेर open in new window मा क्लिक वा Ctrl थिचेर उक्त नयाँ लिन्कमा क्लिक गर्दा अर्को पेजमा उक्त लिन्कको पेज खुल्नेछ र तपाईंको मुल पेज सुरक्षित हुन्छ ।

३ वेब Address टाईप गर्ने सर्टकट
तपाईंले Internet Explorer वा Firefox खोलेर Address बारमा कुनै साईटको Url Address टाईप गर्न सक्नु हुन्छ तर address बारमा माउस लगेर क्लिक गर्नु भन्दा छिटो तपाईंले कि बोर्डको सर्ट्कटको प्रयोग गरेर त्यही काम गर्न सक्नु हुन्छ । Ctrl+L थिच्नुस् र Open भएको बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको Address टाईप गर्नुस् ।

४ वेब पेजको आकार
वेब पेजहरुको आकार डिजाईन अनुसार फरक फरक हुन्छ । कुनै कुनै पेज तपाईंको ब्राउजर सँग साइज नमिलेर आकार सानो ( अक्षर सानो ) भएर पढ्न असजिलो हुन सक्छ त्यसैले तपाईंले Ctrl प्रेस गरेर माउसको Scroll कि लाई तल माथि घुमाएर पेजको आकार परिवर्तन गर्न सक्नु हुन्छ ।

५ वेब पेजलाई Maximize गर्ने
वेब पेज खुल्दा माथि धेरै बारहरु जस्तै Toolbar , bookmarks bar , tabs and menu items वा कहिले काही वेब पेजका धेरै Content हरु हुन्छन । हुन त scrool bar लाई तल माथि गरेर तपाईंले हेर्न सक्नु हुन्छ तर कहिले काही स्क्रीनमा ठाउँ नभएर सबै नदेखिन सक्छ यसको लागि तपाईंले F11 कि थिचेर पेजलाई Maximize गर्न सक्नु हुन्छ र फेरी F11 कि नै थिचेर पेजलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । यो उपाए पनि तपाईंलाई उपयोगी हुन सक्छ ।

६ Right click गर्न नबिर्सिनुहोस्Right click गरेर तपाईंले पेजको धेरै उपयोगी Tools गरु प्रयोग गर्न सक्नु हुन्छ जस्तै Refresh , Save Target As , Print , Back आदी । यो option हरु ब्राउजर अनुसार फरक फरक हुन सक्छ तर त्यहा तपाईंलाई उपयोगी धेरै Shortcuts हरु हुन्छ । त्यसैले यो option लाई अबस्य पनि Try गर्नुहोस् ।

तपाईंले ब्राउजर चलाऊदा यि केही Tips हरुलाई प्रयोग गर्नेबानी गर्नु भयो भने अबस्य पनि तपाईंले केही समयको बचत गर्न सक्नु हुनेछ । तपाईंले चलाऊनु भएको ब्राउजर सम्बन्धी अरु पनि धेरै टिप्सहरु उक्त ब्राउजरको Help tab मा गएर हेर्न सक्नु हुन्छ ।

Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस्........................!!!

Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस्........................!!!

Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।

यो साईटको अर्को पक्ष के पनि छ भने यसमा हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS मा तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो, राम्रो पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन । त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन सक्छन ।

Free Worldwide SMS को लागि यहाँ क्लिक गर्नुहोला

http://axisflash.info/
यो साईट बाट SMS पठाउन

सुरुमा कुन देशमा sms पठाउने हो country छान्ने

देश छानीसके पछि country code आँफै सेट हुन्छ, अब पछाडि मोबाईल नम्बर टाईप गर्ने

Message box maa आफुले पठाउन चाहेको सन्देश टाईप गर्ने ।

Last मा *Input Captcha* मा त्यहा देखिएको नम्बर टाईप गर्ने र send sms बटन क्लिक गर्ने ।