Saturday, 4 February 2012

हजरत मुहम्मद

हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम(५७०-६३२)को मक्काको पहाडियमा परम ज्ञान ६१०को आसपासमा प्राप्त भएको थियो। जब उनले उपदेश दिन आरंभ गरे तब मक्काका समृद्ध मानिसहरुले यसलाई आफ्नो सामाजिक र धार्मिक व्यवस्था माथि खतरा सम्झीए र उनको विरोध हुन् थाल्ल्यो। अंतमा ६२२ मा उनले आफ्नो अनुयायिहरुको साथ मक्काबाट मदीनाको प्रस्थान गर्नु पर्‍यो। यस यात्रालाई हिजरत भनिन्छ र यहिबाट इस्लामी कैलेंडरको शुरुवात हुन्छ। मदीनाका मानिसहरुको जिंदगी आपसी लडाईबाट कष्टकर जस्तो थियो र हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको संदेशहरु उनीहरुले त्यहा धेरै लोकप्रिय बनाई दिए। ६३० मा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो अनुयायिहरुको साथ एक संधिको उल्लंघन भएको कारण मक्का माथि चढाई गरीदिए। मक्कावासिहरुले आत्मसमर्पण गरेर इस्लाम स्वीकार गरे। मक्कामा स्थित काबा लाई इस्लामको पवित्र स्थल घोषित गरीदिए । ६३२ मा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको देहांत भयो। तर उनको मृत्युसम्म इस्लामको प्रभावबाट अरबको सबै जनजाती एक राजनैतिक र सामाजिक सभ्यताको भाग बनेका थिए। यस पछि इस्लाममा खिलाफतको सिलसिला शुरु भयो।

No comments:

Post a Comment