
सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा
काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।अनलाइनमार्फत पैसा
कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा
भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु
बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन
सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै
पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप
प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा
कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् ।
त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु
कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फमभर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक
प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको
भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु
ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने
आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा
हालिदिनेछ ।
No comments:
Post a Comment