तपाईंले पनि एउटा सजिलो Registry trick को प्रयोग गरेर आफ्नो कम्प्युटर system को USB ports लाई disable र re-enable गर्न सक्नु हुन्छ । त्यसको लागि तल लिखिएका तरिका अनुसार गर्नु होला ।
USB port लाई disable गर्न ( यो तरिकाले windows xp र 2000 मा काम गर्छ )
१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor
४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 4 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।
यसरी तपाईंको कम्प्युटरमा अब USB port disable भयो, अब फेरी तपाईंलाई यसलाई खोल्नु (Enable) गर्नु पर्यो भने
१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor
४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 3 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस्
No comments:
Post a Comment